दफा
अनुमतिपत्र लिनु पर्ने
(१) ऐनको दफा ३ को उपदफा (१) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी वा पैठारीको लागि अनुमतिपत्र लिन चाहने व्यक्तिले पच्चीस हजार रुपैयाँ दस्तुर सहित अनुसूची-१ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनु पर्नेछ।
(२) ऐनको दफा ३ को उपदफा (१) बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थको बिक्री वितरणको लागि अनुमतिपत्र लिन चाहने व्यक्तिले दश हजार रुपैयाँ दस्तुर सहित अनुसूची-२ बमोजिमको ढाँचामा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएमा मन्त्रालयले आवश्यक जाँचबुझ गरी अनुमतिपत्र दिन मनासिब देखेमा अनुसूची-३ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ।
(४) उपनियम (२) बमोजिमको निवेदन प्राप्त भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले आवश्यक जाँचबुझ गरी अनुमतिपत्र दिन मनासिब देखेमा अनुसूची-४ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ।